नेपालगञ्ज । गोल्डेन एबीसी एकेडेमी बाँकेका सञ्चालक विकासबहादुर सिंह युवाहरूलाई सामाजिक कार्य र सामुदायिक सेवामा सक्रिय बनाउन निरन्तर प्रेरित गर्दै आउनुभएको छ।
हालै युवाहरूसँग आयोजित विशेष प्रशिक्षण सत्रमा सिंहले सामाजिक कार्यको महत्व, समाज परिवर्तन, नेतृत्व विकास तथा सामुदायिक सेवामा युवाहरूको भूमिका र उत्तरदायित्वका विषयमा गहन छलफल गर्नुभएको थियो।

Oplus_131072
ढिलो समयसम्म सञ्चालन भएको उक्त कार्यक्रममा समेत युवाहरूको उत्साह र सिक्ने चाहना उल्लेखनीय रहेको सिंहले बताउनुभएको छ। युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका संवाहकसमेत भएकाले उनीहरूको ऊर्जा र सकारात्मक सोचलाई सही दिशामा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
सिंहका अनुसार युवाहरूलाई सामाजिक सेवासँग जोड्दै उनीहरूभित्र नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको अपनत्वको भावना विकास गर्न सके समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुग्न सक्छ।
“युवाहरूको ऊर्जा र सकारात्मक सोचलाई सही दिशामा डोर्याउन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” भन्ने धारणा राख्दै सिंहले युवाहरूको सक्रियता र उत्साहलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ।

Oplus_131072
शिक्षा क्षेत्रमा सक्रिय रहनुभएका सिंहले गोल्डेन एबीसी एकेडेमी बाँकेमार्फत शैक्षिक गतिविधिसँगै सामाजिक चेतना र सेवामूलक गतिविधिलाई समेत प्राथमिकता दिँदै आउनुभएको छ। युवाहरूलाई सकारात्मक सोचका साथ समाजका लागि केही गर्न प्रेरित गर्ने उहाँको सक्रियतालाई सामाजिक क्षेत्रसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।














