१४ मंसिर २०८३, आईतवार
Follow us :

राजापुर र मधुवनमा सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा हस्तान्तरण सम्पन्न

युगान्तर पाेष्ट

नेपालगञ्ज–१३, मंसिर-बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको राजापुर र मधुवन नगरपालिकामा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम समीक्षा, प्रतिबिम्ब तथा हस्तान्तरण बैठक सफलतापूर्वक सम्पन्न गरेको छ।

बैठकमा स्थानीय जनप्रतिनिधि, सरकारी निकाय, विद्यालय, समुदायका प्रतिनिधि, परियोजनाका लाभग्राही तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा परियोजनाका उपलब्धि, समुदायमा आएका सकारात्मक परिवर्तन, बाल संरक्षण, मानव बेचबिखन रोकथाम तथा सुरक्षित आप्रवासनसम्बन्धी गतिविधिहरूको समीक्षा गरिएको थियो। साथै, परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन स्थानीय सरकारको योजना तथा बजेटमा समावेश गर्ने र सरोकारवालाबीच सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।

कार्यक्रमका क्रममा दुवै नगरपालिकालाई परियोजनाको अन्तिम प्रगति प्रतिवेदन हस्तान्तरण गरिएको थियो। मधुवन नगरपालिकाले परियोजनाको योगदानको कदर गर्दै बाँके युनेस्को क्लब तथा परियोजना टोलीलाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो।

बैठकमा सहभागीहरूले बाल संरक्षण संयन्त्रको सुदृढीकरण, युवाको सक्रिय सहभागिता तथा मानव बेचबिखन रोकथामका सफल गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

परियोजनाको समापनसँगै यसको उपलब्धि र सकारात्मक प्रभावलाई कायम राख्दै सुरक्षित, समावेशी तथा संरक्षणयुक्त समुदाय निर्माणका लागि स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूबीच सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

१४ मंसिर २०८३, आईतवार १०:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२