१४ मंसिर २०८३, आईतवार
Follow us :

युवालाई सामाजिक सेवाको बाटोमा प्रेरित गर्दै विकासबहादुर सिंह

युगान्तर पाेष्ट

Oplus_131072

नेपालगञ्ज । गोल्डेन एबीसी एकेडेमी बाँकेका सञ्चालक विकासबहादुर सिंह युवाहरूलाई सामाजिक कार्य र सामुदायिक सेवामा सक्रिय बनाउन निरन्तर प्रेरित गर्दै आउनुभएको छ।

हालै युवाहरूसँग आयोजित विशेष प्रशिक्षण सत्रमा सिंहले सामाजिक कार्यको महत्व, समाज परिवर्तन, नेतृत्व विकास तथा सामुदायिक सेवामा युवाहरूको भूमिका र उत्तरदायित्वका विषयमा गहन छलफल गर्नुभएको थियो।

Oplus_131072

ढिलो समयसम्म सञ्चालन भएको उक्त कार्यक्रममा समेत युवाहरूको उत्साह र सिक्ने चाहना उल्लेखनीय रहेको सिंहले बताउनुभएको छ। युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका संवाहकसमेत भएकाले उनीहरूको ऊर्जा र सकारात्मक सोचलाई सही दिशामा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

सिंहका अनुसार युवाहरूलाई सामाजिक सेवासँग जोड्दै उनीहरूभित्र नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको अपनत्वको भावना विकास गर्न सके समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

“युवाहरूको ऊर्जा र सकारात्मक सोचलाई सही दिशामा डोर्‍याउन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” भन्ने धारणा राख्दै सिंहले युवाहरूको सक्रियता र उत्साहलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ।

Oplus_131072

शिक्षा क्षेत्रमा सक्रिय रहनुभएका सिंहले गोल्डेन एबीसी एकेडेमी बाँकेमार्फत शैक्षिक गतिविधिसँगै सामाजिक चेतना र सेवामूलक गतिविधिलाई समेत प्राथमिकता दिँदै आउनुभएको छ। युवाहरूलाई सकारात्मक सोचका साथ समाजका लागि केही गर्न प्रेरित गर्ने उहाँको सक्रियतालाई सामाजिक क्षेत्रसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

२१ आश्विन २०८३, बुधबार ०९:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२