१४ मंसिर २०८३, आईतवार
Follow us :

विपन्न परिवारका ६ बालबालिकालाई शैक्षिक सामग्रीसहित सहयोग

युगान्तर पाेष्ट

राजापुर, बर्दिया। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा विपन्न परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ।

सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका वडा नं. २, ३, ५ र ८ का चार अति विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको हो।

नगर प्रमुख दीपेश थारूले बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गर्दै नियमित विद्यालय जान र लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो।

आर्थिक अभावका कारण बालबालिकाको शिक्षा र दैनिक जीवनयापनमा पर्ने कठिनाइ कम गर्नुका साथै उनीहरूको सिकाइ निरन्तरता र आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

यस पहलले विपन्न परिवारका बालबालिकालाई शिक्षामा निरन्तरता दिन र उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढ्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

२९ आश्विन २०८३, बिहीबार ०९:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२