१४ मंसिर २०८३, आईतवार
Follow us :

शिक्षा क्षेत्रमा योगदानको कदर : विकास बहादुर सिंह सम्मानित

युगान्तर पाेष्ट

नेपालगन्ज । बाँकेको संस्थागत विद्यालय क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै गोल्डेन एबिसी बाँके एकेडेमीका प्रबन्ध निर्देशक विकास बहादुर सिंह सम्मानित हुनुभएको छ।

मुस्लिम समुदायको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सिंहलाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो। उहाँलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट तथा समितिका अध्यक्ष गुलाम हुसैन हलवाई ले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको उन्नयन, संस्थागत विद्यालयहरूको सुदृढीकरण तथा सबै समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न सिंहले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

सोही अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै डा. हुस्नेआरा हक र पत्रकारिता क्षेत्रका झलक गैरे लाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। साथै समितिको वार्षिक प्रगति समीक्षा र आगामी कार्ययोजनामाथि पनि छलफल गरिएको थियो।

२४ जेष्ठ २०८३, आईतवार ०९:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२