१४ मंसिर २०८३, आईतवार
Follow us :

नेपालगञ्ज मेयर कप महिला क्रिकेटमा नेपालगञ्ज मोडेल एकेडेमीको विजयी सुरुवात

युगान्तर पाेष्ट

‎नेपालगञ्ज-नेपालगञ्जमा जारी “मेयर कप महिला क्रिकेट प्रतियोगिता” अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले होल्याण्ड हाइस्कुलमाथि ३ रनको सानदार जित निकाल्दै प्रतियोगितामा आफ्नो मजबुत उपस्थिति जनाएको छ। अन्तिम ओभरसम्म उतारचढावपूर्ण बनेको खेलले दर्शकलाई भरपुर रोमाञ्च दिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको मोडेल एकेडेमीले निर्धारित १८ ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्‍यो। टोलीका लागि कृष्ना चन्दले २७ रन बनाउँदै इनिङ्सको मेरुदण्ड सम्हालिन् भने आरती बिष्ट र अरुसी भट्टराईले समान १२/१२ रनको योगदान दिँदै मध्यमक्रमलाई बलियो बनाएका थिए। अतिरिक्तबाट आएको ५४ रनले टोलीको स्कोरलाई अझ मजबुत बनाएको थियो, जुन अन्ततः निर्णायक सावित भयो।

१४५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको होल्याण्ड हाइस्कुलले सुरुआतदेखि नै दबाब महसुस गर्‍यो। नियमित अन्तरालमा विकेट गुमाउँदा टोली लयमा आउन सकेन। यद्यपि रञ्जु श्रेष्ठले ५१ रनको शानदार अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरिन्। तर अन्य खेलाडीबाट अपेक्षित साथ नपाउँदा टोली १८ ओभरमा ९ विकेट गुमाउँदै १३० रनमै सीमित हुन पुग्यो।

‎बलिङतर्फ मोडेल एकेडेमीकी कृष्ना चन्दले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै महत्वपूर्ण ३ विकेट लिइन्। उनले दबाबको अवस्थामा विकेट झार्दै खेलको मोड परिवर्तन गरिन् र टोलीको जितमा निर्णायक भूमिका खेलिन्। उनको उत्कृष्ट प्रदर्शनकै आधारमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

५ चैत्र २०८२, बिहीबार १९:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२