नेपालगञ्ज— चलचित्र पत्रकार संघ, बाँके शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा रामचन्द्र पौडेल लाई अध्यक्षमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा समिर मान श्रेष्ठ, सचिवमा लक्ष्मी तिमिल्सेना, उप–सचिवमा रजनी योगी तथा कोषाध्यक्षमा अमृता जैशी (निशु) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा राम प्रसाद आचार्य, सावित्री विश्वकर्मा, मोहम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना र मनिषा खत्री चयन भएका छन्।
अधिवेशनले नयाँ नेतृत्वमार्फत चलचित्र पत्रकारिताको विकास र संस्थाको सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।














