१४ मंसिर २०८३, आईतवार
Follow us :

नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

युगान्तर पाेष्ट

नेपालगन्ज –नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा नेपालगन्ज मोडल एकेडेमी (एन.एम.ए.) ले मंगोलियन स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
‎खेलमा पहिले ब्याटिङ गरेको मंगोलियन स्पोर्ट्स क्लब ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो। टोलीका लागि दीपेश शाही ले सर्वाधिक १९ रन जोडे भने अफ्रोज खान र बिभिन्न खेलाडीहरूले सानो–सानो योगदान दिएका थिए।
११७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज मोडल एकेडेमी ले संयमित ब्याटिङ गर्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका लागि पारस देवकोटा ले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ५३ रनको आकर्षक अर्धशतक प्रहार गरे।उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए।

‎त्यसैगरी बिवेक पुन मगर ले १९ रनको महत्वपूर्ण योगदान दिए भने अनिल घिस्टिङ अविजित १२ रन र शिवा केसी अविजित ४ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए।
‎उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि पारस देवकोटा खेलको प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत अन्य खेलहरू पनि नेपालगन्जमा जारी रहेका छन्।

२७ फाल्गुन २०८२, बुधबार १९:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२