बाँके निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राई ले मंगलबार नेपालगञ्जका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
उहाँले वडा नं. १४ का मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज, वडा नं. १३ को लोनियनपुर्वा तथा वडा नं. १८ को भुजईगाउँमा पुगेर मतदातासँग भेटघाट तथा संवाद गर्नुभयो। घरदैलोका क्रममा स्थानीय समस्याबारे जानकारी लिँदै विकास र समृद्धिका विषयमा आफ्ना योजनाहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाएका थिए। उम्मेदवार राईले जनताको विश्वासलाई सम्मान गर्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।














