१४ मंसिर २०८३, आईतवार
Follow us :

मतदाता नै बने प्रचारक : मनिकापुरमा शुधान्सु कोइरालाकाे पक्षमा उत्साहपूर्ण घरदैलो

युगान्तर पाेष्ट

नेपालगञ्ज, फागुन ११ – बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार नेपालगञ्ज–२० मनिकापुरमा घरदैलो गर्दा स्थानीय मतदाता नै उनको पक्षमा मत माग्दै अगाडि देखिए।
स्थानीय नाथे कुर्मी घरदैलोमा सँगै हिँड्दै गाउँलेलाई शुधान्सुलाई मतदान गर्न आग्रह गरे। उनले शुधान्सु स्वर्गीय सुशील कोइरालाका भतिजा भएको उल्लेख गर्दै इमानदार र विकासप्रेमी उम्मेदवारका रूपमा समर्थन जनाए।
मनिकापुरका जोगिन्द्रप्रसाद यादवले पनि कोइराला परिवारको स्वच्छ छविको चर्चा गर्दै शुधान्सु योग्य उम्मेदवार भएको बताए। आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न स्थानीयले आग्रह गरेका छन्।
घरदैलोका क्रममा मतदाताले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा प्राथमिकता दिन सुझाव दिएका छन्। उत्साहजनक सहभागिताले आफू थप ऊर्जा पाएको उम्मेदवार कोइरालाले प्रतिक्रिया दिए।
सो अवसरमा कांग्रेसका स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सोमबार नै उम्मेदवार कोइरालाले डुडुवा गाउँपालिका–४ का विभिन्न गाउँमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

११ फाल्गुन २०८२, सोमबार १४:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२