१४ मंसिर २०८३, आईतवार
Follow us :

नेपालगञ्ज–२० थपुवामा जनलहर: उम्मेदवार मोहम्मद इस्तियाक राईको सशक्त मतदाता भेटघाट

युगान्तर पाेष्ट

चुनावी अभियानलाई तीव्र बनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले सोमबार नेपालगञ्ज–२० थपुवामा मतदाता भेटघाट कार्यक्रम गर्नुभएको छ।
घरदैलो तथा भेटघाटमार्फत उम्मेदवार राईले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना धारणा राख्नुभयो। कार्यक्रममा सहभागी मतदाताहरूले पनि आफ्ना समस्या र सुझाव प्रस्तुत गरेका थिए।
उहाँले जनताको साथ र सुझावलाई आत्मसात गर्दै समृद्ध बाँके निर्माणका लागि प्रतिबद्ध रहने बताउनुभयो। चुनाव नजिकिँदै जाँदा क्षेत्र नम्बर २ मा उम्मेदवार राईको जनसम्पर्क अभियान थप सक्रिय बन्दै गएको छ।

४ फाल्गुन २०८२, सोमबार ११:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२