१४ मंसिर २०८३, आईतवार
Follow us :

बीबी ग्रुप र घोराही सिमेन्टको प्रायोजनमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न

युगान्तर पाेष्ट

नेपालगञ्ज, १३ पुस । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा नेपालगञ्ज युवा फिटनेस क्लब (एनवाईएफसी) नेपालगञ्जद्वारा आयोजना गरिएको “चौथो खुला सडक व्यायाम प्रतियोगिता २०८२” पुस १२ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम बीबी ग्रुपको मुख्य प्रायोजन तथा घोराही सिमेन्टको सह–प्रायोजनमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथि तथा वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। प्रतियोगितामा पुरुष खुला सर्किट, महिला खुला सर्किट तथा खुला बार विधामा प्रतिस्पर्धा भएको थियो।
पुरुष खुला सर्किटतर्फ विशाल गिरी प्रथम, विवेक थापा दोस्रो र ललित शाही तेस्रो भए। महिला खुला सर्किटतर्फ राज्जु महर्जन प्रथम, रोजिता लामा दोस्रो र रचना राना मगर तेस्रो भइन्। खुला बारतर्फ शिवराज ढकाल प्रथम, सञ्जोग थापा दोस्रो र ललित शाही तेस्रो भए।
खेल भावना पुरस्कार अन्तर्गत पुरुष सर्किटतर्फ सागर विश्वकर्मा र महिला सर्किटतर्फ मुस्कान अग्रवाल चयन भए। विजयी खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, अतिथि, निर्णायक, स्वयंसेवक, सञ्चारकर्मी तथा खेलाडीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा फिटनेस प्रवर्द्धन कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

१४ पुष २०८२, सोमबार ०८:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२