१४ मंसिर २०८३, आईतवार
Follow us :

नेपालगन्ज–१ मा अवैध केराउ दाल बरामद, सञ्चालकसहित भन्सार पठाइयो

युगान्तर पाेष्ट

नेपालगन्ज– बाँकेको नेपालगन्ज–१ गुलरिया बसपार्क नजिक मुबारक अहमद कर्वाडियाले सञ्चालन गरेको मुस्कान ट्रेडर्स मा प्रहरीले अवैध रूपमा भन्सार छलि तस्करी गरी ल्याइएको ठूलो परिमाणको केराउ दाल (मटर) बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो व्यापारिक संस्थाबाट करिब २० लाख ३४ हजार रुपैयाँ बराबरको ११३० बोरा (३३,९०० केजी) केराउ दाल बरामद गरिएको हो।

उक्त दाल बिना भन्सार प्रवेश गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि व्यापारी मुबारक अहमद कर्वाडिया सहित पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज मा बुझाइएको प्रहरीले जनाएको छ।

‎प्रहरीका अनुसार तस्करी तथा भन्सार छलिको विरुद्दको नियन्त्रण अभियानअन्तर्गत थप अनुसन्धान जारी रहेको छ।

१९ मंसिर २०८२, शुक्रबार १८:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२