१४ मंसिर २०८३, आईतवार
Follow us :

झिलिमिली टियू रंगशाला : अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको रुप लिँदै

युगान्तर पाेष्ट

नेपालगन्ज, बाँके । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदान अहिले झिलिमिली बनेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०८१ साल असार ३१ गते बसेको मन्त्रिपरिषद्को पहिलो निर्णयमै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालाको रुपमा विकास गर्ने निर्णय भएको थियो।

पूर्व प्रधानमन्त्री ओलीले उक्त निर्णयपछि सामाजिक सञ्जालमार्फत लेखेका थिए — “पहिलो निर्णय– क्रिकेट रंगशाला !! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नका लागि प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।”

त्यस निर्णयअनुसार अब कीर्तिपुर रंगशालामा तीव्र गतिमा निर्माण कार्य सम्पन्न हुँदै गएको छ। टेण्डर प्रक्रिया पूरा गरी थालिएको काम अन्तर्गत अहिले फ्लडलाइटका ६ वटै टावर ठड्याइएका छन्।

‎रातमा उज्यालोमा चम्किरहेको टियू रंगशाला हेर्दा अन्तर्राष्ट्रिय मापदण्डको मैदानको झल्को दिन्छ। लक्ष्मीपूजाको अवसरमा क्यानले खिचेका तस्बिरले यस रंगशालाको सौन्दर्य अझ प्रष्ट देखाएको छ।

आगामी मंसिर महिनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी तीव्र पारिएको छ। क्यान (Cricket Association of Nepal) का अनुसार, रंगशालाको बाँकी काम पनि शीघ्र सम्पन्न गरी मैदानलाई नियमित खेलका लागि प्रयोगमा ल्याइनेछ।

टियू रंगशालाको नयाँ रूपले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

४ कार्तिक २०८२, मंगलवार ०९:०५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२