नेपालगन्ज, बाँके । जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकको आयोजनामा एक विशेष समारोहका विच नेपालगन्जमा वरिष्ठ फिजिसियनद्धारा उपचार सेवा सुरु भएको छ । कार्यक्रममा फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाको अध्यक्षता तथा वरिष्ठ चिकित्सक डा. सैयद वकार अहमदको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिष्ठित चिकित्सक डा. अहमद अब नेपालगन्जमा नियमित रूपमा स्वास्थ्य सेवा दिने भएका छन् ।
डा. सैयद वकार अहमद एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान) का सिनियर कन्सल्टेन्ट फिजिसियन हुन् । उहाँ हाल असिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ सल्लाहकार चिकित्सकको रूपमा कार्यरत रहनुभएको छ । अबदेखि उहाँ हरेक महिनाको पहिलो र तेस्रो शनिबार नेपालगन्जमा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि उपस्थित हुने कार्यक्रम तय गरिएको जनाइएको छ ।
समारोहमा नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो । साथै समाजसेवी कृष्ण प्रसाद सापकोटा, सैयद रिजवान अहमद शाह, प्रवक्ता इसरत अली मुकेरी, इन्जिनियर गणेश देवकोटा, पत्रकार मोहसिन हल्वाई, जावेद अहमद, अरसद रंगरेज, दिनेश ठाकुर र मन्सुर अली इद्रिसी पनि अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरूलाई रितिका बुढाथोकी र निसा बस्नेतले खादा लगाएर स्वागत गरेका थिए भने स्वागत मन्तव्य निर्मल देवकोटाले गर्नुभएको थियो ।
डा. अहमदले नेपालगन्जमा मधुमेह (सुगर), उच्च रक्तचाप, मुटुका रोग, मिर्गौला र कलेजोका समस्या, थाइराइड विकार, दम, संक्रमणजन्य रोग जस्तै टाइफाइड, डेंगु, मलेरिया, क्षयरोग, पाचन प्रणालीका समस्या, ग्यास्ट्राइटिस, अल्सर, पेट दुख्ने लगायतका रोगहरूको परामर्श र उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो । साथै रक्त तथा प्रतिरोधात्मक प्रणालीका रोग, जस्तै एनीमिया, ल्युपस, अटोइम्युन रोग र नसा तथा मिर्गीसँग सम्बन्धित समस्याको उपचार पनि उहाँको परामर्शमा उपलब्ध हुने जनाइएको छ ।
जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकले नेपालगन्जमा विशेषज्ञ चिकित्सकको पहुँच जनसाधारणसम्म पु¥याउने उद्देश्यले नियमित स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्दै आएको छ । फार्मेसीले यसअघि पनि विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरेर स्थानीयबासीलाई लाभान्वित बनाएको छ । यस पटक डा. वकार अहमद जस्ता अनुभवी चिकित्सकलाई नेपालगन्जमा नियमित रूपमा ल्याउने निर्णयले स्थानीयहरूमा उत्साह थपेको छ ।
कार्यक्रममा वक्ताहरूले नेपालगन्ज जस्तो सहरमा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै यसले स्थानीय जनस्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे । फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाले स्वास्थ्य क्षेत्र समाजको आधारभूत आवश्यकता भएको र जनसेवा फार्मेसीले निरन्तर जनहितमुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
जनसेवा फार्मेसी नेपालगन्जको सन्जिवनी कलेज अफ मेडिकल साईन्सको पूर्व गेट अगाडि, भिजन आँखा अस्पताल नजिक अवस्थित छ । फार्मेसीले बिरामीहरूलाई हरेक महिनाको पहिलो र तेस्रो शनिबार डा. सैयद वकार अहमदको परामर्शमा उपचार सेवा उपलब्ध गराउने जनाएको छ । थप जानकारीका लागि फार्मेसीका सम्पर्क नम्बरहरू ९८४४८५३२४७ ९८१२५५८०८२ र ९७४२२११९१९ मा सम्पर्क गर्न सकिने छ ।
नेपालगन्जबासीका लागि सहज र गुणस्तरीय उपचारको विकल्पका रूपमा डा. सैयद वकार अहमदको आगमनलाई स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ ।














