बाँके–असोज २३– आईसीसी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ।
ओमानमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै २० ओभरमा १४१ रनमा ७ विकेट गुमायो।
नेपालका लागि कुशल भुर्तेलले ५६ बलमा ६६ रन र गुलशन झाँले ६ बलमा २० रनको तेज पारो पारी खेले।
जवाफी ब्याटिङमा कुवेत १८.१ ओभरमा मात्र ८३ रनमा अलआउट भयो।
कुवेतका लागि क्लिन्टो एन्टोले २६ रन र यासिन पटेलले १९ रन जोडे।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरे।
ललित राजबंशीले २ विकेट लिएर १७ रन मात्र दिए, जबकि सन्दीप लामिछाने र अनुजदीप चौधरीले पनि २-२ विकेट हात पारे।
यस जितसँगै नेपालले टी–२० विश्वकप एसिया छनोटको अभियान शानदार सुरुवात गरेको छ।
यसै क्रममा, टी–२० विश्वकप एसिया/ईएपी छनोट अन्तर्गत नेपालले दोश्रो खेल भोलि शुक्रबार जापानसँग खेल्नेछ। खेल नेपाली समय अनुसार बेलुका ४:१५ बजे सुरु हुनेछ।














