१४ मंसिर २०८३, आईतवार
Follow us :

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

युगान्तर पाेष्ट

नेपालगंज साउन २९। नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताए । कार्कीले पावरलिफ्टिङको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० बढी खेलाडी सहभागी हुन लागेको जानकार दिए ।
प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधा समावेश गरिएको छ । हरेक विधामा १६ वटा तौल समूहलाई समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक तौल र उमेर समूह अन्तर्गतको खेलमा पहिलो, दितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप मेडल, ट्रफी र आकर्षक उपहार प्रदान गरिने बताईएको छ ।
नेपालमा पहिलो पटक नीजि क्षेत्रको संस्थाले एन्टिडोपिङ परिक्षण गराएर अन्तराष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकले बताएको छ । प्रतियोगिता तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

३० श्रावण २०८२, शुक्रबार ००:०४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२