१४ मंसिर २०८३, आईतवार
Follow us :

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल

युगान्तर पाेष्ट

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिएको बताउनुभएको छ ।

चीन भ्रमण सकेर आज स्वदेश फर्किनुभएका नेता खनालले विद्या भण्डारीले वामपन्थी एकताको आवश्यकता महशुस गरेर राजनीतिमा प्रवेश गरेको हो भने यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने बताउनुभयो ।

पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएको र उहाँको नेतृत्वबाट पार्टी सबल हुन्छ भनेर कसरी विश्वास गर्ने ? पत्रकारको प्रश्नमा सम्मानित नेता खनालले यस विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताउनुभएको छ । हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा आफूले लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने उहाँले बताउनुभएको छ ।

२८ असार २०८२, शनिबार १७:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२