१४ मंसिर २०८३, आईतवार
Follow us :

‘एक्का तीन’मा पूजा एक्सन अवतारमा, अन्य दुई कलाकार को ?

युगान्तर पाेष्ट

गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।

फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।

थीम पोस्टरमा तीनजना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ ।

२८ असार २०८२, शनिबार १८:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२