१४ मंसिर २०८३, आईतवार
Follow us :

वामदेव गौतम एकीकृत समाजवादीमा जाने

युगान्तर पाेष्ट

नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच आज पार्टी एकता गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा आउँदो साउन २ गते राष्ट्रिय सभागृहमा समारोह गरी पार्टी एकता घोषणा गर्ने उल्लेख छ । सहमतिपत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख छ ।

२८ असार २०८२, शनिबार १७:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२