१४ मंसिर २०८३, आईतवार
Follow us :

मेयर कपको उपाधि ज्योति स्पोर्ट्स क्लबलाई

युगान्तर पाेष्ट

‎नेपालगञ्ज-‎नेपालगञ्जमा जारी मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिता को बहुप्रतिक्षित फाइनल खेल अत्यन्तै रोमाञ्चक बनेको छ। कडा प्रतिस्पर्धाबीच ज्योति स्पोर्ट्स एकेडेमीले नेपालगञ्ज च्याम्प्सलाई ३ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गरेको हो।

‎टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२९ रनको मध्यम लक्ष्य प्रस्तुत गर्‍यो। टोलीका लागि शुभेन्दु पाण्डेले ३६ रनको संयमित इनिङ खेले भने अजय साहनीले ३४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याए। अभिनेश शाहले २२ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले सानो–सानो योगदान दिएका थिए।

नेपालगञ्ज च्याम्प्सका बलरहरूले सुरुदेखि नै कसीएको बलिङ गर्दै विपक्षीलाई ठूलो स्कोर बनाउन दिएनन्। नासिर अन्सारीसहित अन्य बलरहरूले महत्वपूर्ण समयमा विकेट लिँदै खेल सन्तुलनमा राखेका थिए।

‎१२९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालगञ्ज च्याम्प्सले सुरुवात राम्रो गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा दबाबमा पर्‍यो। टोलीका लागि सम्सुदिन अन्सारीले शानदार ७३ रनको लडाकु इनिङ खेलेर अन्तिमसम्म संघर्ष गरे। उनले चौका र छक्काको मद्दतमा विपक्षी बलरमाथि दबाब सिर्जना गरे पनि अन्य ब्याट्सम्यानबाट पर्याप्त साथ नपाउँदा लक्ष्य भेट्न सकेनन्।

‎खेलको अन्तिम ओभरसम्म नतिजा अनिश्चित बनेको थियो। जितका लागि अन्तिम क्षणसम्म संघर्ष गरे पनि नेपालगञ्ज च्याम्प्स २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमै सीमित भयो र मात्र ३ रनले उपाधि हातबाट गुमाउन पुग्यो।

‎ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरूले निर्णायक समयमा उत्कृष्ट बलिङ गर्दै खेल आफ्नो पक्षमा पारे। विशेषगरी रबिश वर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्दै टोलीलाई जित दिलाए। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

१३ चैत्र २०८२, शुक्रबार १९:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२