१४ मंसिर २०८३, आईतवार
Follow us :

अब डुडुवा पछि पर्दैन’ – नेपालगन्जसँग कन्धा मिलाएर विकास गर्ने इस्तियाकको अठोट

युगान्तर पाेष्ट

बाँके । नेपालगन्ज र डुडुवा गाउँपालिकाबीचको विकास अन्तर अन्त्य गर्ने लक्ष्यसहित नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले ‘जोडाइ’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा प्रतिस्पर्धामा रहेका राईले आफ्नो प्रतिबद्धता–पत्रमार्फत डुडुवालाई पूर्वाधार सम्पन्न बनाउने स्पष्ट योजना अघि सारेका हुन्।
राईका अनुसार नेपालगन्जबाट डुडुवा प्रवेश गर्दा विकासको स्तरमा देखिने असमानता अन्त्य गर्नुपर्ने समय आइसकेको छ। “सम्भावना हुँदाहुँदै पनि डुडुवा पछि परेको छ, अब त्यो अवस्था दोहोरिँदैन,” उनले घरदैलो अभियानका क्रममा बताए।
भौतिक पूर्वाधार मन्त्री रहँदा उनले डुडुवा क्षेत्रका सडक र पुल निर्माणका लागि बजेट सुनिश्चित गरेका थिए। उनका अनुसार सोही कार्यकालमा शिलान्यास भएका धेरै योजना सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन्। “मन्त्री हुँदा सुरु गरेका योजना आज पूरा हुँदै गएको देख्दा सन्तोष लाग्छ,” राईको भनाइ छ।
उनले अबको चरणमा नीतिगत सुधार, तीव्र कार्यान्वयन र समन्वयमार्फत नेपालगन्ज र डुडुवालाई समान विकासको धारमा ल्याउने योजना रहेको बताए। नेपालगन्ज जस्तो पश्चिमकै ठूलो सहरसँग जोडिएको पालिकामा आधारभूत पूर्वाधारको अभाव हुनु दुःखद विषय भएको उल्लेख गर्दै उनले आगामी कार्यकालमा त्यसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
राईले निर्वाचन क्षेत्रको समुदायगत विविधतालाई शक्ति मान्दै एकता र समृद्धिको साझा लक्ष्यसहित अघि बढ्ने बताए। “विविधताभित्रको एकता नै हाम्रो पहिचान हो। यही भावनालाई केन्द्रमा राखेर विकासको गति बढाउनेछौं,” उनले भने।
नेपालगन्ज र डुडुवाबीचको दूरी घटाउँदै समान अवसर र पूर्वाधार विस्तारमार्फत समृद्धिको यात्रा अघि बढाउने राईको योजना अहिले चुनावी बहसको केन्द्रमा परेको छ।

१३ फाल्गुन २०८२, बुधबार ११:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२