१४ मंसिर २०८३, आईतवार
Follow us :

एमालेले १५७ क्षेत्रमा उम्मेदवार टुंग्यायो, बाँके–२ बाट ईश्तियाक राई

युगान्तर पाेष्ट

नेपालगन्ज । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दै क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई उम्मेदवार बनाएको छ।
एमाले बाँकेका अनुसार क्षेत्र नम्बर १ बाट सूर्य ढकाल र क्षेत्र नम्बर ३ बाट दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। यससँगै बाँकेमा एमालेको उम्मेदवार सूची औपचारिक रूपमा सार्वजनिक भएको छ। यसपटक एमालेले चर्चामा रहेका केही नेताहरूलाई भने उम्मेदवार नबनाउने निर्णय गरेको छ। उपमहासचिव योगेश भट्टराई र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई उम्मेदवार नबनाउँदै पार्टीले क्रमशः ताप्लेजुङमा क्षितिज थेवे र काभ्रे–२ मा अशोक ब्याञ्जु श्रेष्ठलाई टिकट दिएको छ। दुवै नेताले चुनाव लड्ने इच्छा व्यक्त गरे पनि जित्ने आधार कमजोर देखिएको निष्कर्षसहित पार्टीले टिकट नदिएको बताइएको छ।
आइतबार र शनिबार भएका निर्णयलाई सच्याउँदै एमालेले हालसम्म १ सय ५७ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको छ। काठमाडौंका चार, ललितपुरको एक, पर्साको एक, रुपन्देहीको एक र दाङको एक निर्वाचन क्षेत्र भने अझै बाँकी राखिएको छ।
यसैबीच एमालेले झापा–४ बाट एलपी साँवा लिम्बु र मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय पनि गरेको

५ माघ २०८२, सोमबार ०७:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२