१४ मंसिर २०८३, आईतवार
Follow us :

यूएईसँग नेपाल ५ विकेटले पराजित

युगान्तर पाेष्ट

आइसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार गरेको थियो । नेपालका कप्तान रोहित पौडेलले शानदार शतक प्रहार गर्दै १०९ रन (१३० बल) बनाए भने आसिफ शेखले ३५ रन (४८ बल) जोडे । बलिङतर्फ यूएईका जाहिद अलीले १० ओभरमा ४ विकेट लिए भने जुनैद सिद्दिकीले ३ विकेट झारे ।

‎जवाफमा यूएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै जित हासिल गर्‍यो । यूएईका **आर्यनश शर्माले ९८ रन (९८ बल)**को शानदार पारी खेले भने अलिशन शराफुले ४५ रन (२६ बल) योगदान दिए ।

नेपालतर्फ सन्दीप लामिछानेले २ विकेट, र करण केसीले १ विकेट लिएका थिए ।

१३ कार्तिक २०८२, बिहीबार १८:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२