बाँके, कात्तिक ४ – जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा बरामद गरिएको अवैध आतसबाजी र पटाकाजन्य सामग्री नष्ट गरेको छ।
दिपावली पर्वलाई लक्षित गरी प्रहरीले विगत केही दिनयता विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिएका आतसबाजी तथा पटाकाजन्य वस्तुहरू आज जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो।
उक्त सामग्रीहरू जनप्रतिनिधि, स्थानीय सरोकारवालाहरू र पत्रकारहरूको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, आगामी चाडपर्वमा शान्ति–सुरक्षा तथा जनसुरक्षालाई मध्यनजर गर्दै यस्ता अवैध विस्फोटक सामग्रीको बिक्री–वितरण तथा प्रयोगमा निगरानी कडाइका साथ गरिएको छ।














