१४ मंसिर २०८३, आईतवार
Follow us :

‎विश्वकप प्रवेशका लागि निर्णायक मुकाबला : आज नेपाल र ओमान आमनेसामने

युगान्तर पाेष्ट

बाँके–असोज २९–आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक (EAP) छनोटको सुपर सिक्स चरण अन्तर्गत आज नेपाल र ओमानबीच निर्णायक भिडन्त हुँदैछ। दुबै टोलीले यसअघि खेलेका तीनै खेलमा जित निकाल्दै समान ६–६ अंक जोडेका छन्। तर नेट रनरेटका आधारमा ओमान अग्रस्थानमा रहेको छ ।

आजको खेल केवल जितका लागि मात्र होइन, आगामी टी–२० विश्वकपमा प्रवेशसँगै समूहको शीर्ष स्थान सुनिश्चित गर्न पनि अत्यन्तै महत्वपूर्ण हुनेछ।

‎नेपालले सुपर सिक्ससम्म आइपुग्दा सन्तुलित र उत्कृष्ट प्रदर्शन गरेको छ। ओपनर कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात दिएका छन् भने कप्तान रोहित पौडेलले मध्यक्रममा स्थिरता ल्याएका छन्। बलिङतर्फ सन्दीप लामिछाने र दीपेन्द्र ऐरी  निरन्तर दबाब सिर्जना गर्दै विपक्षी टोलीलाई सीमित राख्ने काम गरिरहेका छन्।

‎दुवै टोलीबीच यसअघि ८ पटक टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। तीमध्ये नेपालले ५ खेलमा जित हात पारेको छ भने ओमानले ३ खेल आफ्नो पक्षमा पारेको छ। पछिल्लो फर्म र मनोबलका हिसाबले नेपाल आजको खेलमा जित निकाल्ने प्रबल दावेदारका रूपमा रहेको छ।

ओमान पनि अनुभवी टोली भएकाले सहज प्रतिद्वन्द्वी भने होइन। बलियो बलिङ लाइनअपका कारण ओमानले नेपाललाई चुनौती दिने अपेक्षा गरिएको छ। दुवै टोली मैदानमा शतप्रतिशत दिएर विश्वकप प्रवेशको टिकट पक्का गर्न जुट्नेछन्।

‎यो खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा सुरु हुनेछ।

२९ आश्विन २०८२, बुधबार ०८:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२