१४ मंसिर २०८३, आईतवार
Follow us :

अबैध रुपमा भन्सार छलि ल्याइएको लाखौं मूल्यको सामान बरामद

युगान्तर पाेष्ट

बाँके । अबैध रुपमा भन्सार छलि तस्करी गरी ल्याइएको सामान प्रहरीले बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा कपडा, जुत्ता, खाद्यान्न तथा धातुजन्य सामग्री लगायतका विभिन्न वस्तुहरू रहेका छन् ।

‎प्रहरीका अनुसार बरामद वस्तुहरूमा कुर्ता–सुरुवाल २१३ पिस, लेडिज ब्रा ४४४ पिस, जेन्स जुत्ता १० जोडि, मोटरसाइकलको क्लज तार ६१० पिस, चिनी २३० किलोग्राम, कुर्ती ७२ पिस, स्टिल गिलास ६८ पिस, सेतो मटर (केराउ) १४१ किलोग्राम र पित्तलको पंचआरती पाला २७ किलोग्राम समावेश छन् ।

बरामद गरिएका सामानहरूको अन्दाजी मूल्य करिब रु. ३,०७,१०० (तीन लाख सात हजार एक सय) बराबर रहेको प्रहरीले जनाएको छ । यी सबै सामान आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको हो ।

 

 

२८ आश्विन २०८२, मंगलवार २१:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२