बाँके–असोज २२–बाँके जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले महत्वपूर्ण सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले २०८२ साल असोज १८ गते बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार अबदेखि कुनै पनि व्यक्ति वा समूहले जिल्ला प्रशासनको पूर्व स्वीकृति/अनुमति बिना सभा, जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम सञ्चालन गर्न नपाइने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति/अनुमति नलिई कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, विरोध कार्यक्रम आयोजना गर्ने/गराउने कार्य नगर्न अनुरोध गरिन्छ। यदि यस्ता गतिविधि गरिएमा त्यसबाट हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित आयोजक स्वयंले वहन गर्नुपर्नेछ।
प्रशासनले जिल्लामा धार्मिक तथा सामाजिक सौहार्द बिग्रन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, सार्वजनिक सुरक्षामा खलल पुर्याउने गतिविधि भएमा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।














