१४ मंसिर २०८३, आईतवार
Follow us :

नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो

युगान्तर पाेष्ट

 विश्वकप एसिया/ईएपी छनोट अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको छ।

वार्म-अप खेलमा नेपालले शानदार प्रदर्शन गर्दै कतारमाथि १६ रनको जित हासिल गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनको योगफल तयार पार्‍यो। नेपालका लागि कुशल भुर्तेलले ३३ बलमा ५६ रन र कुशल मल्लले २९ बलमा ३८ अविजित रन बनाए।

कतारका बलरहरू मध्ये शरिख मुनीरले २ विकेट लिएर २६ रन खर्चिए, जबकि एम इक्रामुल्लाहले ४ ओभरमा ३५ रन दिँदै २ विकेट हात पारे।

जवाफी ब्याटिङमा कतारले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो। कतारका एम तनवीरले ३७ बलमा ५१ रन र मिर्जा एम बैगले २७ बलमा ४० रन बनाए।

‎नेपालका बलरहरूमध्ये करण केसीले ४ ओभरमा ३५ रन दिँदै ३ विकेट लिएका थिए भने नन्दन यादवले १ विकेट हात पारे।

‎यस जितसँगै नेपालले आगामी खेलका लागि आत्मविश्वास बढाएको छ।

२० आश्विन २०८२, सोमबार २०:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२