१४ मंसिर २०८३, आईतवार
Follow us :

लेभल वान कोचिङ कोर्ष सम्पन्न

युगान्तर पाेष्ट


नेपालगन्ज ३० असार-बुधबारदेखी अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा शुरु भएको लेभल वान कोचिङ कोर्ष लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता थियो ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी छन् । भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएका थिए ।
पाँचदिने कोर्ष आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्नुभएको थियो । सहभागीलाई आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, सह–अध्यक्ष शंकर गौतम, महासचिव कुवेरप्रकाश सिंह, कोषाध्यक्ष ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरेका थिए।

३० असार २०८२, सोमबार १०:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२