१४ मंसिर २०८३, आईतवार
Follow us :

‘मन बिनाको धन’ २१ कात्तिकमा आउने

युगान्तर पाेष्ट

फिल्म ‘मन बिनाको धन’को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकी निर्देशित फिल्म २१ कात्तिकमा हलमा रिलिज हुने भएको हो

निर्माता विष्णुमाया मैनाली र वितरकबीच प्रदर्शनबारे सम्झौता भएको छ । फिल्मको नेपाल वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले किनेका छन् ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा लगायतको अभिनय छ ।

बालगायक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत छ । दर्जी अहिले कक्षा ९ मा अध्ययनरत छन् ।

२८ असार २०८२, शनिबार १८:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२