१३ मंसिर २०८३, शनिबार
Follow us :

‎बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु

युगान्तर पाेष्ट

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृ*त्यु भएको छ ।

बाढी पहिरोले इलाममा सबैभन्दा धेरै ३७ जनाले ज्यान गुमाएका छन् । यसैगरी पाँचथरमा पहिरोमा परेर १ जना , खोटाङमा खोलाले बगाएर १ जना , उदयपुरमा खोलाले बगाएर १ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी हालसम्म ५ जना वेपत्ता र १२ जना घाइते भएका छन् ।

भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीयस्थल लाङटाङ जाँदै गरेका भक्तपुरका चारजना शनिबार बेलुकी वेरिङखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका छन् । वेपत्ता हुनेमा संस्कृती श्रेष्ठ , किशन श्रेष्ठ , संगीता श्रेष्ठ र रवि श्रेष्ठ छन् ।

१९ आश्विन २०८२, आईतवार १६:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२