नेपालगन्ज । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा मंगलबार पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ३० रुपैयाँले ओरालो लागेको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।
२ मंसिर २०८३, मंगलवार ११:२३ मा प्रकाशित













