१२ मंसिर २०८३, शुक्रबार
Follow us :

लाठी खेलको संरक्षणमा विकास बहादुर सिंहको साथ, खेलाडीलाई टी-सर्ट वितरण

युगान्तर पाेष्ट

नेपालगन्ज । स्थानीय कला, संस्कृति तथा परम्परागत लाठी खेलको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले समाजसेवी विकास बहादुर सिंहले जय मा ज्वाला लाठी क्लब, नेपालगन्जका सदस्य तथा खेलाडीहरूलाई टी-सर्ट र भेस्ट वितरण गरेका छन्।

गोल्डेन एबीसी एकेडेमी, बाँके तथा बैंक हाई स्कुल नेपालगन्जका संस्थापक विकास बहादुर सिंहले क्लबका सदस्य तथा लाठी खेलाडीहरूको मनोबल बढाउने र स्थानीय मौलिक खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरेका हुन्।

परम्परागत लाठी खेल स्थानीय कला, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण खेल भएकाले यसको संरक्षण तथा प्रवर्द्धनमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको सिंहले बताएका छन्। खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा खेलकुद क्षेत्रको विकासमा प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको उनको भनाइ छ।

सिंहले आगामी दिनमा पनि खेलकुद, शिक्षा तथा सामाजिक विकासका सकारात्मक गतिविधिमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्तरमा मौलिक खेलकुदको संरक्षणसँगै युवाहरूलाई सामाजिक तथा रचनात्मक गतिविधिमा जोड्न यस्ता सहयोगले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Oplus_131072

५ कार्तिक २०८३, बुधबार १०:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२