१२ मंसिर २०८३, शुक्रबार
Follow us :

नेपालगन्जमा हाफिज अब्दुल करीमको कुरआन हिफ्ज पूरा, विशेष दुआ कार्यक्रम सम्पन्न

युगान्तर पाेष्ट

नेपालगन्ज, बाँके। बाँकेको नेपालगन्जस्थित मदरसा इस्लामिया तालीमुल कुरआन, एक मीनारी मस्जिद, ईदगाह रोड, बीपी चोक–११ मा हाफिज अब्दुल करीम बिन मोहम्मद इस्माईलको तकमील-ए-कुरआन (पवित्र कुरआन हिफ्ज पूरा गरेको) अवसरमा दुआइया मजलिस आयोजना गरिएको छ। जोगा गाउँ, बाँके निवासी अब्दुल करीमले कुरआन हिफ्ज पूरा गरेपछि मदरसामा विशेष दुआ कार्यक्रम गरिएको हो।

मजलिसमा मदरसाका नाजिम मुफ्ती जिल्लुर्रहमान नदवी, हाफिज मोहम्मद अनस, हाफिज मोहम्मद समीअ, हाफिज अली अहमदलगायत शिक्षक, मदरसा व्यवस्थापन समितिका सदस्य तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पवित्र कुरआन हिफ्ज गर्नु ठूलो नेमत र सौभाग्य भएको उल्लेख गर्दै कुरआनको शिक्षा जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिइएको थियो। साथै कुरआनको नियमित तिलावत, त्यसका शिक्षाअनुसार आचरण र यसको सन्देश समाजसम्म पुर्‍याउनु सबैको जिम्मेवारी भएको बताइएको थियो।

हाफिजको शैक्षिक तथा धार्मिक यात्रामा शिक्षक, अभिभावक र समाजको महत्त्वपूर्ण भूमिका रहने विषयमा समेत चर्चा गरिएको थियो। हाफिज अब्दुल करीमको सफलताप्रति खुसी व्यक्त गर्दै उनका अभिभावक तथा शिक्षकहरूलाई बधाई दिइएको थियो।

कार्यक्रमको अन्त्यमा हाफिज अब्दुल करीमको उज्ज्वल भविष्य, अभिभावक तथा शिक्षकहरूको सुख–समृद्धि, मदरसाको निरन्तर प्रगति र सम्पूर्ण मुस्लिम समुदायको भलाइका लागि विशेष दुआ गरिएको थियो।

अल्लाहले हाफिज अब्दुल करीमलाई पवित्र कुरआनको शिक्षाअनुसार जीवन बिताउने र दीन तथा समाजको सेवामा समर्पित हुने अवसर प्रदान गरून् भन्ने कामनासमेत गरिएको छ।

४ कार्तिक २०८३, मंगलवार १६:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२