१२ मंसिर २०८३, शुक्रबार
Follow us :

त्रिजल फार्मेसीको आयोजनामा नेपालगन्जमा मानसिक स्वास्थ्य सचेतना प्रभातफेरी

युगान्तर पाेष्ट

Oplus_131072

नेपालगन्ज, असोज २४— विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

त्रिजल फार्मेसीको आयोजनामा सम्पन्न प्रभातफेरीमा मानसिक स्वास्थ्यको महत्त्व, मानसिक समस्याबारे समाजमा रहेको गलत धारणा हटाउने तथा समस्यामा परेकालाई सहयोग गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।

नेपालगन्जको पासाङ ल्ह्यामु मार्गदेखी शुरु भएको प्रभातफेरी नेपालगन्जका विभिन्न चोक तथा बजार क्षेत्र हुँदै पुनः आयोजक संस्था त्रिजल फार्मेसी प्रांगणमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. अनुप उपाध्यायले अहिलेको सामाजिक परिवेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता समस्याबारे सचेतना जगाउन र समयमै पहिचान गरी उचित परामर्श तथा उपचार लिन प्रेरित गर्नुपर्ने बताए।

उनले शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मानसिक समस्यालाई बेवास्ता नगर्न र आवश्यकताअनुसार विशेषज्ञको सहयोग लिन आग्रह गरे।

कार्यक्रममा चिकित्सक, विद्यार्थी, शिक्षक, सञ्चारकर्मीलगायत करिब ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने, मानसिक समस्याबाट प्रभावित व्यक्तिप्रति सकारात्मक व्यवहार गर्न प्रेरित गर्ने तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

२४ आश्विन २०८३, शनिबार १६:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२